लागूऔषधसहित तीन जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति छिन्नमस्ता गाउँपालिका–१ बाट प्रहरीले तीन जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला तिरहुत गाउँपालिका–५ बस्ने २७ वर्षीय राजकुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ का २५ वर्षीय बैजु साह रहेका छन् ।
उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित डिएलेक्स– डिसी सय एमएलको १ सय ९० बोतल, डिजेपाम २ एमएलको ९५ एम्पुल, फेनेरागन २ एमएल इन्जेक्सन ९५ एम्पुल, लेगेसिस २ एमएलको इन्जेक्सन ९५ एम्पुल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व–पश्चिम कोसी कर्णाली पम्प नहरको बाटोमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्बरको मोटरसाइकल शंका लागि रोकेर सोधपुछ गरी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
उनीहरूमाथि लागू औषधको मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया