बिहीबार, पुष १०, २०८२

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

मेरोन्यूज २०७८ माघ ८ गते ६:४५

काटमाठौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । जसमा बुढानीलकण्ठ नगरपालिका २ भंगाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका १९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ १९ मा मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया