कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको छ ।
कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, संक्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार आज राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९ बुँदे आदेश जारी गरिएको छ । जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेलालगायतका मानिसको भीडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ । त्यस्तै शैक्षिक संस्थामा भौतिक रूपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ ।
‘जारी गरिएका सबै आदेश व्यक्ति, संस्था, समूह, क्लब तथा विभिन्न संगठनले पालना गर्नु पर्ने छ,’ उनले भने, ‘आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई संक्रमक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुनेछ ।’
प्रजिअ रिजालले बार प्रणाली लागू गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया