उपरथी कार्कीमाथि ‘चेन अफ कमाण्ड’ तोडेको आरोप, बिदामा बस्न निर्देशन

काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीलाई चेन अफ कमाण्ड तोडेको आरोपमा घर बिदा पठाइएको छ । पुस ३० को मन्त्रिपरिषद् बैठकले सेनाका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेपछि आफूलाई अन्याय भएको भन्दै रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीलाई समेत उजुरी गरेपछि उनलाई चेन अफ कमाण्ड तोडेको आरोप लागेको हो ।
उपरथि कार्कीले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि कार्कीले बढुवाका लागि लविङ गरेका थिए । तर, उनको लविङलाई सेनाका अधिकारीहरुले मन पराएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन एडिसी रहेका सेनाका उपरथी कार्की १० माघदेखि घर बिदामा बस्ने भएका छन् । कार्कीलाई बिदामा बस्न प्रधानसेनापति प्रभुराम शर्माले आदेश दिइसकेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सेनाको प्रस्तावमा कुनै पनि प्रकारको हस्तक्षेप नगरेपछि कार्की १० पुसबाटै घर बिदामा बस्न लागेका हुन् । प्रधानसेनापति शर्माको सिफारिसका आधारमा दुई जनाको म्याद थपिएको हो ।
वरीयतामा अगाडि रहेका उपरथी कार्कीको भने प्रधानसेनापति शर्माले म्याद थप नगरेपछि उजुरी बोकेर रक्षा मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयले उनको सो उजुरीलाई ध्यान दिएन । ‘उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद थपिएको औपचारिक जानकारी जंगी अड्डालाई प्राप्त भएको जंगी अड्डाले जनाएको छ ।
‘उपरथीद्वय खड्का र पाण्डेको म्याद थप भएको छ, कार्कीलाई घर बिदा बस्नु भनिएको हो कि जस्तो छ’, सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने । सेनामा प्रधानसेनापतिले नै संस्थापक निर्णय लिने भएकाले अन्य विषयहरु चेन अफ कमाण्डभित्रै गर्नु पर्ने सेनाको जिकिर छ ।
उपरथी कार्कीले म्याद थपका लागि प्रधानसेनापतिबाट सिफारिसमा नपरेपछि आफूमाथि अन्याय भएको भन्दै रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवालाई निवेदन दिएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई बोधार्थ दिएर दिएको निवेदनमा कार्कीले आफू एक नम्बर वरीयताको उपरथी भएको भन्दै पदावधि थप गरिदिन आग्रह गरेका थिए ।
प्रधानसेनापति शर्माले १६ पुसमा उपरथीद्वय खड्का र पाण्डेको म्याद थपका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । त्यस आधारमा ३० पुसमा मन्त्रिपरिषद्ले उनीहरूको म्याद थपेको थियो । कार्की पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको निर्णय प्रक्रियामा प्रभावित पार्ने तीन उपरथीमध्येका एक थिए ।
उनीबाहेक हाल पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही र पूर्वउपरथी रघु भण्डारी पूर्वप्रधानसेनापति थापाका निकट थिए । शाहीले सेनाका महत्वपूर्ण निकायमा सधैँ अवसर प्राप्त गरिरहे भने अवकाश पाउनासाथ भण्डारीलाई राष्ट्रिय सेवा दलको महानिर्देशकमा नियुक्ति गराए ।
भण्डारी अहिले महानिर्देशकका रूपमा कार्यरत छन् । कार्कीलाई पूर्वप्रधानसेनापति थापाले नीति तथा योजना महानिर्देशनालयमा महानिर्देशक बनाएका थिए । कार्की शान्ति सेनामा अन्र्तगत मिसनमा गएकाबेला तथा जुम्लामा गुल्मपति हुँदा अन्धाधुन्ध ८१ इन्च मोर्टार ८० राउन्ड फायर गरेको भन्दै सेनामा उजुरी परेको थियो । तर, कार्कीमाथि सेनाले कहिले छानबिन गरेन ।
कार्की प्रधानमन्त्री देउवा प्रधानमन्त्री हुँदा २०५८ सालमा उनका एडिसी थिए । पूर्वप्रधानसेनापति थापाले गत चैत १२ गते उपरथीत्रय अनन्त कार्की, सीताराम खड्का र ताराध्वज पाण्डेको म्याद थपका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए । म्याद सकिनुभन्दा १० महिनाअघि थपका लागि गरेको सिफारिस रक्षा मन्त्रालयले रोकेपछि कार्कीले अवकाशमा जानु परको थियो ।
सेनामा यसअघि पनि वरीयतामा अगाडि रहेका उपरथीहरूको म्याद थपिएको थिएन । २०६३ सालमा तत्कालीन उपरथी प्रदीपप्रताप बम मल्लको म्याद नथपिएपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले उनको पक्षमा फैसला गरे पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले उनलाई बहाली गरेनन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पालामा उपरथी विनोज बस्न्यातको म्याद थपिएको थिएन ।









कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
बुधबारको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
आज बुधवार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
प्रतिक्रिया