इँटा भट्टामा भारतीय महिला मजदुरको मृत्यु
मेरोन्यूज
२०७८ माघ ९ गते ८:५३
काठमाडौँ । झापाको कचनकवल गाउँपालिका ५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटा भट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो च्यापिएर पश्चिम बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योग सञ्चालित छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय रहेका बताइएको छ ।
सम्बन्धित











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया