माओवादी नेता बर्षमान उपचारपछि आज स्वदेश फर्किदै

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन आज स्वदेश फर्किदैछन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।
चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् ।
उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् ।
वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए । थाइल्याण्डमा पनि उनको उपचार सन्तोषजनक नभएपछि चीनमा लगिएको थियो ।
त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको हो ।
पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन । २७ माघका लागि अव माओवादी केन्द्रले पदाधिकारी चयन देखिका नेताहरुको कार्यविभाजन सम्मको निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ ।
माओवादीको महाधिवेशनमा समेत उपचारका क्रममा रहेका कारण पुन सहभागी हुन पाएका थिएनन । तर उनले पार्टीको महासचिवमा आफनो दावी कायम रहेको सन्देश अध्यक्ष प्रचण्डलाई पठाएपछि प्रचण्डले पुन सहितको सहभागितामा पदाधिकारी चयन गर्ने भन्दै अहिलेसम्म पदाधिकारी चयन रोकिएको छ ।
















स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया