माओवादी नेता बर्षमान उपचारपछि आज स्वदेश फर्किदै

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन आज स्वदेश फर्किदैछन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।
चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् ।
उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् ।
वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार भएको थियो । तर, त्यहाँ उपभार सम्भव नभएपछि चिकित्सककको परामर्शमा उनी १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक पुगेका थिए । थाइल्याण्डमा पनि उनको उपचार सन्तोषजनक नभएपछि चीनमा लगिएको थियो ।
त्यसपछि १० मंसिरमा उनलाई चीन लगिएको हो ।
पुन माओवादी केन्द्रमा महासचिवको दावेदार छन् । उनी चीनमा रहेकाले माओवादीले अहिलेसम्म पदाधिकारी चयन गरेको छैन । २७ माघका लागि अव माओवादी केन्द्रले पदाधिकारी चयन देखिका नेताहरुको कार्यविभाजन सम्मको निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ ।
माओवादीको महाधिवेशनमा समेत उपचारका क्रममा रहेका कारण पुन सहभागी हुन पाएका थिएनन । तर उनले पार्टीको महासचिवमा आफनो दावी कायम रहेको सन्देश अध्यक्ष प्रचण्डलाई पठाएपछि प्रचण्डले पुन सहितको सहभागितामा पदाधिकारी चयन गर्ने भन्दै अहिलेसम्म पदाधिकारी चयन रोकिएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया