राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेक अन्य प्रदेशमा राप्रपाले वहिस्कार गर्ने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ वाहेक अन्यत्र प्रदेशको आज हुन लागेको राष्ट्रियसभा सदस्य चुनाव वहिष्कार गर्ने भएको छ । उसले वहिष्कार शब्द नै प्रयोग नगरेपनि प्रदेश १ मा वाहेक अन्य प्रदेशमा निर्वाचनमा मतदान नगर्ने भनी औपचारिक निर्णय नै गरेको छ ।
तर यसलाई वहिष्कारको शब्दकै रुपमा नभन्न राप्रपाले भनेको छ । मतदानमै सहभागी नहुने भनेपछि राप्रपाको शब्द जे प्रयोग गरेपनि उसको यो वहिष्कार नै हो । प्रदेश १ मा भने उसले आफ्नै पार्टीका उम्मेदवार रहेका कारण मतदान गर्ने र अन्य प्रदेशमा पार्टी उम्मेदवार नभएकोले मतदान नगर्ने निर्णय गरेको हो ।
राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएको छ ।
राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ । राप्रपाको प्रदेश १ को निर्णय परिवर्तन भएसागै एमालेलाइृ झिनो चुनाव जित्ने आश रहेको प्रदेश १ को चुनावमा पनि धक्का लाग्ने सम्भावना देखिएको छ ।

















PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या
झापाबाट लागुऔषधसहित सात जना पक्राउ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया