बुधबार, पुष ३०, २०८२

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा सुदूरपश्चिमबाट गठबन्धनका तीनै जना बिजयी

पुस्कर पौडेल २०७८ माघ १२ गते १७:३६

कैलाली । सुदूरपश्चिम प्रदेशमा भएको तीन राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धन विजयी भएका छन् ।

बुधबार साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका हुन्।

खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र विजयी भए। उनले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गरे।

यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा उनले १०४ मत पाए । उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८७२ छ।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १८६६ मतभार पाए ।

महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) निर्वाचित भएकी छन्।शाहले ३८६४ मतभार ल्याएकी हुन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेकी सन्तोषकुमार शर्मा थापाले १७२६ मतभार ल्याएकी थिइन्।

दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्। पार्कीले प्रदेश सभा सदस्यका तर्फबाट ५२ मत खसेकोमा ३९ मत पाए भने यस्तै स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत लाए। उनको मतभार प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० रहेको छ।

उनका प्रतिद्वन्द्वी एमालेका नरेश बिकले १७८२ मतभार पाए।

प्रतिक्रिया