शुक्रबार, फागुन २२, २०८२

भाटभटेनी मनी ट्रान्सफरसँग महालक्ष्मी विकास बैंकको सम्झौता

मेरोन्यूज २०७८ माघ १२ गते २१:४३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रा. लि.सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा बुधबार आयोजित कार्यक्रमकाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ग्राहक महानुभावहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले जुनसुकै ठाउँबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरिसकेको जनाएको छ ।

साथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको पनि महालक्ष्मी विकास बैंकले जनाएको छ ।

प्रतिक्रिया