कारबाहीबाट जोगिन बतासको अर्काे फन्डा : रातारात वुझायो धर्मशालाको एक करोड भाडा
पशुपति क्षेत्र विकास कोषको खातामा बुधबार नै बतासले जम्मा गरिदियो एक वर्षको भाडा

काठमाडौं । पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले एक वर्षदेखि नतिरिरहेको भाडा एकैपटक वुझाएको छ । सरकारले होटल सञ्चालन सम्झौता नै खारेज गर्ने प्रक्रिया अगाडी वढाएपछि रातारात वतास समुहले आफुले सम्झौता अनुसारको बाँकी तिर्नुपर्ने रकम एकैपटक वुझाएको हो ।
बतासले एक वर्षदेखि त्यहाँको भाडा नवुझाएको पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले औल्याएको थियो ।
बतासले सस्तो मूल्यमा धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ तिर्ने सम्झौता गरेको थियो । तर त्यो सम्झौता अनुसारको पनि एक वर्षको रकम होटलले तिर्न बाँकी नै रहेको पर्यटन मन्त्रालयको छानविन समितिले औल्याएपछि मन्त्री प्रेम आले उक्त सम्झौता खारेजीको प्रक्रियामा लागेका थिए ।
नारायणहिटी देखि पशुपतिको धर्मशाला सम्ममा बतास समुहले सस्तो मूल्यमा कमिसनको चक्करमा काम गदै आएको थियो । नारायणहिटीको सम्झौता खारेज गरेर अगाडी वढेका मन्त्री प्रेम आलेले छानविन समितिको प्रतिवेदनका आधारमा पशुपति धर्मशालाको सम्झौता पनि खारेजीको प्रक्रिया अगाडी वढाएपछि बतासले रातारात आफुले तिर्न वाँकी रकम तिरेको हो ।
उसले झण्डै एक करोडका भाडा एकैपटक वुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए । ‘असुलउपर गर्न बाँकी रकम कोषको खातामा जम्मा भएको छ, भौचर पनि कार्यालयमा आएको छ,’ उनले भने ।
धर्मशाला प्रयोग गरेबापत मासिक आठ लाख ७८ हजार चार सय ६८ रुपैयाँ र वार्षिक एक करोड पाँच लाख ४१ हजार ६ सय १८ रुपैयाँ कायम गरेकोे, सम्झौता हाल १० वर्षको हुने र पछि पाँच वर्ष थप गर्ने उल्लेख रहेको र धर्मशालाबाट कोषले भुक्तानी पाउनुपर्ने भाडा करिब एक वर्षदेखिको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ बाँकी देखिएको प्रतिवेदन वुझाएको थियो ।
बतास समुहले भने कोभिडका कारण भाडा मिनाह गर्नुपर्ने अडान राख्दै भाडा नतिरी आलटाल गरिरहेको थियो । तर मन्त्री आले बतासप्रति आक्रामक बनेर प्रस्तुत हुन थालेपछि वतासले उक्त रकम तिरेको हो ।
पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएको छ ।
परिषद्को मंगलबारको बैठकले कोषका सदस्यसचिव डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्य देवीप्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डा टोकराज पाण्डेसहितको तीन सदस्यीय समिति गठन गरिसकेको छ । समितिले होटेल आनन्द प्रालिसँग स्पष्टीकरण लिएर सम्झौता खारेजीको औपचारिक निर्णयकोे म्यान्डेट पाएको छ ।
त्यसपछि नै बतासले आफनो सम्झौता खारेजीबाट जोगिनका लागि रातारात वाँकी रकम चुक्ता गरेको हो ।
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया