शुक्रबार, पुष ११, २०८२

बालाजु औद्योगिक क्षेत्रमा ग्यास बुलेटले च्याप्पिएर एकजनाको निधन

मेरोन्यूज २०७८ माघ १३ गते १०:२६

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा ग्यास बुलेटमा च्याप्पिएर एकजना चालकको निधन भएको छ । बिहान करिब पौने चार बजे औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि चालकको निधन भएको हो । निधन हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।

राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया