बिहीबार, वैशाख १७, २०८३

प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता

मेरोन्यूज २०८२ पुष ११ गते १५:४६

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

Advertisement
NiccNicc

शुक्रबार हात्तिवनस्थित निवासमै पुगेर मन्त्री खरेलले संयोजक प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए।

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।

प्रतिक्रिया