इंग्ल्यान्डविरुद्ध वेष्ट इन्डिजलाई अग्रता

काठमाडौं । रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै २०४ रनमा समेटियो ।
इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए । फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन् । वेष्ट इन्डिजका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान काइरन पोलार्डले दुई विकेट लिए ।
यसअघि भ्रमणकारी टोली इंग्ल्यान्डले टस जितेर घरेलु टोली वेष्ट इन्डिजलाई ब्याटिङ निम्तो दिएपछि निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२४ रनको विशाल योगफल तयार पार्यो । वेष्ट इन्डिजका रोभम्यान पोवेलले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । यस्तै निकोलस पुरनले ७० रनको योगदान गरे ।
योसँगै पाँच टी-२० शृंखलामा घरेलु टोली वेष्ट इन्डिजले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिज नौ विकेटले विजयी हुँदा दोस्रो खेलमा भ्रमणकारी टोली इंग्ल्यान्ड एक रनले विजयी भएको थियो ।


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया