१० सचिव कामविहिन राखेर सरकार प्रशासन र प्रहरीमा एक दर्जन विशिष्ट श्रेणीका दरबन्दी थप गर्दै

काठमाडौं । सरकारले आवश्यकताभन्दा बढी सरकारले विशिष्ट श्रेणीका पदहरु थप गर्न कार्यदल बनाएको छ । निजामति प्रशासन तथा सुरक्षा निकाय दुवैमा आवश्यकताभन्दा बढी विशिष्ट श्रेणीको दरवन्दी थप गर्न कार्यदल बनाएको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकले सचिव र प्रदेश सचिवहरूको आवश्यकता, संख्या र क्लष्टरको सम्बन्धमा पुनरावलोकन अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ । भने नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि विशिष्ट श्रेणीका पदहरु थप गर्न गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल बनाएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदललाई ३० दिनको समयावधि दिइएको छ । पहिला सचिवको दरवन्दी थप गरेपछि सरकारले पुनरावलोकन गर्ने समिति बनाएको हो ।
‘पहिला आफन्तलाई सचिव बनाउन दरवन्दी थप गर्छ अहिलेचाहि बढी भएकी भन्दै पुनरावलोकन समिति बनाउछ’, प्रधानमन्त्री कार्यालयका एक सचिवले भने ।
उता, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरवन्दी थप गर्न गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेल संयोजक तथा नेपाल प्रहरीबाट डिआइजी इश्वरबाबु कार्की र सशस्त्र प्रहरीबाट डिआइजी राजु अर्याल सदस्य रहेको कार्यदल बनाएर निकट भविष्यमै दर्जनको हाराहारीमा विशिष्ट श्रेणीका पदहरु थप गर्ने सरकारी तयारी रहेको छ ।
विशिष्ट श्रेणीको पद थप्दै गर्दा राज्यलाई पर्ने आर्थिक भारको विषयमा भने सरकारले केही अनुमान गरेको छैन ।
२०७४सालमा नेपाल प्रहरीमा प्रशासनतर्फ १६ एआइजीको दरवन्दी थियो भने सशस्त्रमा ११ दरवन्दी थियो । केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएर आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा आवश्यकताभन्दा बढी व्यक्ति केन्द्रीत दरवन्दी भएकाले यसबाट राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै घटाइएको थियो ।
नेपाल प्रहरीमा आइजीपीसहित ४ र सशस्त्र प्रहरीमा आइजीपीसहित ३ दरवन्दी कायम गरिएको थियो । तर नेपाल प्रहरीले दुई वर्षपछि दुई वटा दरवन्दी थपेको छ भने अहिले ५ वटा दरवन्दी थप गरेर प्रशासन तर्फको एआइजी पदमा १० वटा दवरन्दी थप गर्ने प्रयासमा लागेको छ । साथै सशस्त्र प्रहरीले पनि दुई वटा दरवन्दी आवश्यक रहेको भन्दै ओएण्डएम गर्न थालेको छ ।
सीमा सुरक्षा विभाग र शिक्षालयमा एआइजीको दरवन्दी आवश्यक रहेको सशस्त्रको दावी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरु बढी भएर हाजिर गर्दे घर फर्केने गरेको अवस्थामा कर्मचारीहरुले संगठनको संरचना बढाउन लागिपरेका छन् ।
प्रशासनतर्फ एक विशेष सचिव र प्राविधिक तर्फ दरबन्दी नै थप गरेसँगै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० जना सचिव रहेका कार्यरत रहेका छन् ।
राज्यको नीति निर्माणको तहमा पुगेका कर्मचारीहरुले राज्यलाई भन्दा आफूलाई केन्द्रमा राखेर पटक पटक नीति नै परिवर्तन गर्ने गरेका छन् । अस्थिर सरकार र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अवसरवादी कर्मचारीहरूले मन्त्रीलाई प्रभावमा पारेर दरबन्दी थप गरेर आफू विशिष्ट श्रेणीमा पुग्न कसरत गरिरहेको परिणाम नै अहिलेको अवस्था सिर्जना भएको स्वंय कर्मचारीले बताएका छन् । कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ ।
अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, सूर्य गौतम, धनराज ज्ञवाली (कानुन समूहतर्फ), खगेन्द्र प्रसाद नेपाल र रमेशकुमार सिंह कार्यरत छन् । यीमध्ये सिंहलाई अतिरिक्त समूहमा राखिएको छ । प्राविधिक समूहको दरबन्दी सिर्जना भएपछि अब उनी दरबन्दीमै बस्ने भएका छन ।
मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।
‘उनीसहित अहिले १० सचिव कामविहिन राखेर सरकारले फेरी पनि केहीको दरवन्दी थप गरेपछि सचिव बढी भएकी घटी भए भनेर कार्यदल बनाउनुको कुनै औचित्य छैन्’ प्रधानमन्त्री कार्यालयकै एक सचिवले भने ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया