एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति

चितवन । पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ । रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते हुनुभएको र उहाँलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत् तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत् सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उनले जानकारी दिए ।
उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ । घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताए ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया