८३ वर्षीया वृद्धाले अझै पाइनन् नागरिकता

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–४ बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् ।
मुगुको कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीक कान पनि सुन्दिनन् । अपांग भए पनि उनीसँग अपाङ्गता परिचयपत्र पनि छैन ।
उग्रेन तेघोलिङ गुम्बाका काङ्सर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्धाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भने ।
फुटीकका दाजुभाईले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ ।
अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए ।
पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला यही वडामा बस्दै आएकी थिइन् । उनले भने, ‘उहाँको स्थायी ठेगना मुगु हो । उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन । बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो ।’
पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।
उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता उनका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । पतिबाट सम्भाव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाउने छौँ ।’
नागरिकता नहुँदा बिवाह दर्ता भएन
स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् ।
ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन् । ३२ वर्षकी भइसक्दा पनि पति तथा माइती कतैबाट पनि नागरिकता नबनाइदिँदा उनी कसरी नागरिकता बनाउने होला भनेर रनभुल्लमा परेकी छिन् ।
घर झगडा परेपछि उनी अहिले एक्लै बस्छिन् । उनको विवाह दर्ता समेत नभएको बताइन् । नागरिकता नहुँदा बैंकमा खाता खोल्नलगायत अन्य सार्वजनिक सेवाबाट समेत बञ्चित भएको उनले बताइन् ।
कमलाको माइती घर पातारासी गाउँपालिका–७ पटमारा हो । रियागाउँका ३५ वर्षीय हस्त कठायतसँग उनले विवाह गरेकी थिइन । पति कठायतले नागरिकता र विवाह दर्ताको कुरा गर्नासाथै कुट्ने पिप्ने गरेको उनी बताउँछिन् ।
नागरिकता नहुँदा मतदाता नामावलीमा नाम टिपाउन समेत नपाएको उनले बताइन् । मतदाता नामावली नहँुदा अघिल्ला कुनै पनि निर्वाचनमा मतदानबाट पनि बञ्चित भएको उनले बताइन ।
नागरिकता अभावकै कारण कोरोनाविरुद्धको खोप लगाउन समेत हारगुहार गर्नु परेको उनले बताइन् । खोप लगाउन नपाएको पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि कोरोनाको खोप लगाउन पाएकी थिइन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया