बुधबार, चैत ४, २०८२

आजको मौसम कहाँ कस्तो ? चिसोबाट बच्न आग्रह

मेरोन्यूज २०७८ माघ १६ गते ६:५८

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू भागमा आंशिक बदली रही देशका तराईका भागमा हुसु र कुहिरो लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यस्तै, राति देशको उच्च पहाडी भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने भएकाले चिसोबाट बच्न तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया