आइतबार, पुष १३, २०८२

आजको मौसम कहाँ कस्तो ? चिसोबाट बच्न आग्रह

मेरोन्यूज २०७८ माघ १६ गते ६:५८

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू भागमा आंशिक बदली रही देशका तराईका भागमा हुसु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यस्तै, राति देशको उच्च पहाडी भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने भएकाले चिसोबाट बच्न तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया