भैरहवा क्याम्पसको आयव्यय खोज्दै आन्दोलनमा उत्रिए विद्यार्थी

काठमाडौँ । भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी संघ संगठन आन्दोलित बनेका छन् ।
क्याम्पस कार्य समितिको बैठकबाट कोभिड महामारीमा क्याम्पस प्रमुखलगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुखलगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारी साधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।
संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्द क्याम्पस प्रमुख अनिलकुमार झालाई ज्ञापन पत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएको छ ।
एलएलबी संकाय क्याम्पसमा ल्याउन पहल गर्नु पर्ने, क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी संगठन, जनमत पार्टी निकट विद्यार्थी जनमत संघ छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया