भैरहवा क्याम्पसको आयव्यय खोज्दै आन्दोलनमा उत्रिए विद्यार्थी

काठमाडौँ । भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी संघ संगठन आन्दोलित बनेका छन् ।
क्याम्पस कार्य समितिको बैठकबाट कोभिड महामारीमा क्याम्पस प्रमुखलगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुखलगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारी साधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।
संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्द क्याम्पस प्रमुख अनिलकुमार झालाई ज्ञापन पत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएको छ ।
एलएलबी संकाय क्याम्पसमा ल्याउन पहल गर्नु पर्ने, क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी संगठन, जनमत पार्टी निकट विद्यार्थी जनमत संघ छन् ।
















सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया