बुधबार, पुष ९, २०८२

सुनको मूल्य तोलामा सय बढ्यो

मेरोन्यूज २०७८ माघ १८ गते ११:०८

काठमाडौँ । मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ ।

सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार त्यही भाउमा निर्धारण भएको छ ।

प्रतिक्रिया