कतारका अमरिसँग अमेरिकी राष्ट्रपतिले के छलफल गरे ?

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेका छन् । सोमबार उनीहरुवीच भेटवार्ता भएको हो ।
खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी चासोको विषयमा दुवै पक्षले भेटमा जोड गरेका थिए ।
दुवै पक्षले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरता, अफगानिस्तानका जनतालाई सहयोग गर्ने र व्यावसायिक र लगानी सहकार्यलाई सुदृढ गर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति र अमिरले बोइङ र कतार एयरवेज समूहबीचको २० अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेकोमा स्वागत गरेका छन् । जसले हजारौं अमेरिकी उत्पादनमूलक रोजगारीहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
संयुक्त राज्य अमेरिका र कतार बीचको रणनीतिक साझेदारीको मान्यतामा जुन विगत ५० वर्षमा गहिरो भएको छ । राष्ट्रपति वाइडेनले कतारलाई प्रमुख गैर(नेटो सहयोगीको रूपमा तोक्ने आफ्नो मनसाय रहेको अमिरलाई जानकारी गराएका थिए ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया