सर्वोच्चको सेवा माघ २८ सम्म नै स्थगन

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ ।
आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।
अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।
बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरिएको थियो ।


















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया