विषयगत समिति सभापति चयन प्रक्रिया

जनकपुर । मधेस प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गतका लामो समयदेखि रिक्त विभिन्न विषयगत समितिका सभापति चयन प्रक्रिया सुरु गरेको छ ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेशसभाअन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयन प्रक्रिया सुरु गरेको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।
प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था छ । लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया