सोमबार, पुष १४, २०८२

एमालेको लोकप्रियता रोक्न पाँचदलीय गठबन्धन : पोखरेल

मेरोन्यूज २०७८ माघ १९ गते ११:०१


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको लोकप्रियता रोक्नका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको भन्दै महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने बताएका छन् ।

बुधबार विहान सामाजिक सन्जालमा टिप्पणी लेख्दै महासचिव पोखरेलले त्यस्तो बताएका हुन् ।

‘जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’ पोखरेलले सामाजिक सन्जालमा लेखेका छन् ।

उनले चुनावमा जनता नै न्यायाधीश हुने भन्दै अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने दावी समेत गरेका छन् । ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भनेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’

प्रतिक्रिया