सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा हुने

कैलाली । सर्वाधिक धनराशीको ‘मुख्यमन्त्री पाँचौं अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप–२०७८’ फागुनमा हुने भएको छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर गोल्डकप आउँदो फागुन १९ देखि २८ गतेसम्म हुने मिति सार्वजनिक गरेको हो ।
प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन, दुई मोफसलका, दुई विदेशी र एक आयोजक गरेर १० टिमको सहभागिता रहने क्लवका महासचिव प्रकाश शाहीले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेता टिमले १० लाख (कर कट्टा गरेर) प्राप्त गर्ने छन् ।
प्रतियोगितमा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई २० हजारका दरले पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगिताको अनुमानित लागत एक करोड ५० लाख भन्दा बढी हुने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले आफू जिल्ला खेलकुदको अध्यक्ष रहँदादेखि नै क्लब मार्फत खेलकुद प्रतियोगिता आयोजना गर्नमा लागिपरेको बताए ।
सिङ्गो खेलकुद जगत र क्लबलाई जोगाउन लागि अहिले पाँचौँ संस्करणमा प्रवेश गरेको प्रतियोगितालाई निरन्तरता दिन सबैलाई हातेमालो गर्न आग्रह गरे ।
प्रायोजक र सह–प्रायोजकसहित विभिन्न उद्योग, व्यवसायीहरुको सहयोगबाट चार संस्करण पूरा गरेको खप्तड गोल्डकपमा यसवर्ष प्रदेश सरकारकै सहयोग रहेका कारण केही राहत भएको क्लबका अध्यक्ष सुरेश हमालले बताए ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञाले एक वर्ष प्रतियोगितालाई अघि बढाउन नसकेको हमालले बताए ।
यस्तै, धनगढी उपमहानगरपालिकाले पनि गोल्डकपलाई सहयोग गर्ने आश्वासन दिइसकेको उनले बताए । पाँचौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा अनुमानित दैनिक पाँच हजार दर्शकले खेल अवलोकन गर्ने र अप्रत्यक्ष रूपमा ५० लाख बढी दर्शकहरूले खेलकुदबारे जानकारी पाउने आयोजकको दाबी छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया