सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा हुने

कैलाली । सर्वाधिक धनराशीको ‘मुख्यमन्त्री पाँचौं अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप–२०७८’ फागुनमा हुने भएको छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर गोल्डकप आउँदो फागुन १९ देखि २८ गतेसम्म हुने मिति सार्वजनिक गरेको हो ।
प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन, दुई मोफसलका, दुई विदेशी र एक आयोजक गरेर १० टिमको सहभागिता रहने क्लवका महासचिव प्रकाश शाहीले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेता टिमले १० लाख (कर कट्टा गरेर) प्राप्त गर्ने छन् ।
प्रतियोगितमा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइगर, मिड–फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र कोचलाई २० हजारका दरले पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगिताको अनुमानित लागत एक करोड ५० लाख भन्दा बढी हुने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले आफू जिल्ला खेलकुदको अध्यक्ष रहँदादेखि नै क्लब मार्फत खेलकुद प्रतियोगिता आयोजना गर्नमा लागिपरेको बताए ।
सिङ्गो खेलकुद जगत र क्लबलाई जोगाउन लागि अहिले पाँचौँ संस्करणमा प्रवेश गरेको प्रतियोगितालाई निरन्तरता दिन सबैलाई हातेमालो गर्न आग्रह गरे ।
प्रायोजक र सह–प्रायोजकसहित विभिन्न उद्योग, व्यवसायीहरुको सहयोगबाट चार संस्करण पूरा गरेको खप्तड गोल्डकपमा यसवर्ष प्रदेश सरकारकै सहयोग रहेका कारण केही राहत भएको क्लबका अध्यक्ष सुरेश हमालले बताए ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञाले एक वर्ष प्रतियोगितालाई अघि बढाउन नसकेको हमालले बताए ।
यस्तै, धनगढी उपमहानगरपालिकाले पनि गोल्डकपलाई सहयोग गर्ने आश्वासन दिइसकेको उनले बताए । पाँचौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा अनुमानित दैनिक पाँच हजार दर्शकले खेल अवलोकन गर्ने र अप्रत्यक्ष रूपमा ५० लाख बढी दर्शकहरूले खेलकुदबारे जानकारी पाउने आयोजकको दाबी छ ।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया