मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेलापरेपछि

वर्लिन । उत्खनन्बाट शताब्दीऔं पुराना अनौठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।
अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।
तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।
‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’ मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।
दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ ।
मृत्युपछि उनलाई चढेर हिड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान गरिएको छ । घोडाको टाउको अहिलेसम्म फेला परेको छैन् ।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया