प्रधानमन्त्रीले गरे प्रशिक्षक अल्मुताइरीलाई सम्मान
मेरोन्यूज
२०७८ माघ २१ गते १३:४३

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
उनले नेपाली फुटबल खेलाडी मिहिनती रहेको बताउँदै अन्तर्राष्ट्रिय एक्सपोजरको आवश्यकता रहेको बताएका थिए । सरकारले अल्मुताइरीलाई आज सम्मान गरेको थियो ।
साफ च्याम्पियनसिपको फाइनल पुग्न सफल नेपाली फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो ।
शुक्रबारै अल्मुताइरीले नेपाल महिला भलिबल राष्ट्रिय टिमका खेलाडीहरूसँग पनि बालुवाटारमा भेट गरेका थिए ।
सम्बन्धित













कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
चितवनमा थपिए ३४ मतदान केन्द्र
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया