शनिबार, वैशाख १९, २०८३

निर्वाचनअघि माओवादीले जिम्मेवारी बाँडफाँड गर्ने

मेरोन्यूज २०७८ माघ २३ गते ८:५८

काठमाडौँ । महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । आगमी २७ माघमा बोलाइएको केन्द्रीय समिति बैठकअघि महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

Advertisement
NiccNicc

गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले दुई सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई सय ३६ केन्द्रीय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी चयन हुन सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि चीनमा रहेकाले पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रीय समिति बैठक डाँकेर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेसनबाट पारित गरेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ ।

यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन । उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रीय समितिबाट बाँकी पदपूर्ति र समितिलाई पूर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो विषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।

प्रतिक्रिया