कर्णालीमा मन्त्रिपरिषदलाई पूर्णता, पाँच मन्त्रीको सपथ

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिइएको छ । आइतबार पाँच मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
नवनियुक्त पाँच मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले पाँचै जना मन्त्रीलाई सपथ दिलाएका थिए ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका हुन् ।
आज सपथ लिनेमा काँग्रेसको तर्फबाट सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही तथा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।
माओवादीबाट मन्त्री बनेका हुम्लाका छिरिङ दमदोल लामा गैरसांसद हुन् ।
यसअघि माओवादीबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया