जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरेर गत भदौ महिनादेखि कात्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग’को बम्पर उपहार विजेता घोषणा गरेको छ ।
कम्पनीका ब्रान्ड एम्बासडर पारस खड्काको उपस्थितिमा एक कार्यक्रमबीच लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरिएको हो ।
कम्पनीका अनुसार, बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन् । यसका साथै अन्य ग्राहकहरूले पनि विभिन्न उपहारहरू प्राप्त गर्न सफल भएको जनाइएको छ । जसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडीसहित जम्मा एक हजार ८२ जनाले विभिन्न उपहारहरू जित्न सफल भएको कम्पनीले जनाएको छ ।
तीन महिनासम्म सञ्चालन भएको उक्त उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गरेका नेपालभरका दुई हजार ६४७ भन्दा बढी ग्राहकहरू समावेश भएका थिए । ग्राहकहरूलाई ७५ हजार रुपैयाँबराबरको जस्मिन पेन्ट्सका उत्पादनहरूको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो । ग्राहकहरूको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए ।















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया