भर्चुअल कार्यक्रमबाटै ओमान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई भर्चुअल कार्यक्रमबाटै बिदाई गरिएको हो ।
मंगलबार भर्चुअल कार्यक्रमबाटै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले ओमान जाने खेलाडीहरुको विदाइ गरेका छन् ।
कोरोना संक्रमण जोखिम रहेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल कार्यक्रम गरी मंगलबार बिहान खेलाडीहरुलाई बिदाई गरेको हो ।
विश्वकपमा छनोटकालागि हुने खेलकालागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्दैछन् ।
ग्लोबल छनोटकालागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ ।
फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायत जोडिएका थिए ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया