चारदेशीय ट्वान्टी-२० शृंखला :ओमानबाट नेपालले पायो १३६ रनको लक्ष्य

काठमाडौं । नेपालले चार देशीय क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानबाट १३६ रनको लक्ष्य पाएको छ। ओमनको अल अमेरित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
अविनाश बोहराले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड पारे। यसअघि नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरेका छन। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन।
घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए।
सुरुमा नरहेपनि सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लगेका हुन।
दुबै खेलाडीले यसअघि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन।
सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन।
ओमान र नेपाल ट्वान्टी-२० मा तेस्रोपटक भिड्न लागेका हुन् । मस्कटमै २०१९ को पाँचदेशीय प्रतियोगितामा अमिर कलिमले ५ विकेट लिएपछि नेपाल ११ ओभरमा ६४ रनमै अलआउट गर्दै ओमानले ६ विकेटले खेल जितेको थियो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो न्युन स्कोर थियो ।
२०११ मा पनि यी दुई टोली काठमाडौंमा एसीसी ट्वान्टी-२० मा भिडेका थिए । त्यत्ति खेर नेपालसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता थिएन, नत ओमानसँग नै थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०१९ यताका खेललाई ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया