सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र विजयी

काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २-० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो ।
मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा मात्र ५ अंक बटुलेको च्यासल अन्तिम स्थानमा छ । मछिन्द्रले दोस्रो स्थानको मनाङमाथि ७ अंकको अग्रता लिएको हो ।शनिबार नै हुने दोस्रो खेलमा मनाङले थ्री स्टार क्लबललाई हराएमा मछिन्द्रको अग्रता पुनः ४ अंकमा झर्नेछ ।
१६औँ मिनेटमा विमललको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । रक्षक रञ्जित धिमालको कर्नरमा विमलले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।
३५औँ मिनेटमा सुनिल बलले विमलको पासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । जारी लिगमा सुनिलको यो छैटौँ गोल हो ।
यसअघि १२औँ मिनेटमा पहिलो रोजाईका गोलकिपर अर्पन कार्की खुट्टाको चोटका कारण मैदानबाट बाहिरएपछि च्यासल निराश भएको थियो । विमलसँग जुध्दा अर्पन घाइते भएका थिए । उनको स्थानमा दोस्रो रोजाईका गोलकिपर प्रदिप भण्डारी मैदान प्रवेश गरेका थिए ।
६६औँ मिनेटमा मछिन्द्रका स्ट्राइकर मनिस डाँगी मैदानमा ढलेपछि खेल करिब सात मिनेट रोकिएको थियो । च्यासलका यानिक केइचासँग जुध्दा मनिस केही समय बेहोस भएका थिए । मैदानमै गरिएको प्राथमिक उपचारपछि होस आएपछि मनिसलाई अस्पताल पुर्याइएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया