इसान किसान आइपीएलमा सबैभन्दा बढी मूल्यमा बिके
मेरोन्यूज
२०७८ माघ २९ गते १७:३७

काठमाडौं । युवा खेलाडी इसान किसान १५औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटका लागि जारी अक्सनमा सबैभन्दा महंगो मूल्यमा बिक्री भएका छन् ।
मुम्बई इन्डियन्सले इसान किसानलाई १५ करोड २५ लाख रुपैयाँमा यस संस्करणको आइपीएलका लागि टीममा खरिद गरेको हो ।
दुई करोडको आधार मूल्य तय गरिएकोमा उनलाई आफ्नो टीममा लिन सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, पञ्जाब किंग्सले बोली लगाएका थिए ।
तर, अन्त्यमा उनलाई आईपीएलमा डेब्यू गराएको टीम मुम्बई इन्डियन्सले नै खरिद गरेको हो । मुम्बईले कुनै खेलाडीका लागि १० करोडभन्दा बढीको मूल्यमा किनेको यो पहिलो पटक हो ।
किसान अघि कोलकात्ता नाइट राइडर्सले श्रेयस अय्यरका लागि १२ करोड २५ लाख रुपैयाँमा खरिद गरेको थियो । अय्यर यसअघि दिल्ली क्यापिटल्सबाट खेल्दै आएका थिए ।
सम्बन्धित














धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया