हारबाट फेरि रोकियो बार्सिलोना

काठमाडौँ । खेलको इञ्जुरी समयमा लुक डि जङको गोलसँगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसँगै बार्सिलोनाले स्पान्योलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।
खेलमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इञ्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे ।
खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे ।
सर्जी डारडरले ४० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४ औँ मिनेटमा गोल गर्दा घरेलु टोली २–१ ले अगाडि बढ्यो । तर लुकले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।
बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंकसहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंकसहित स्पान्योल १३ औं स्थानमा छ । जारी ला लिगामा ५४ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया