हारबाट फेरि रोकियो बार्सिलोना

काठमाडौँ । खेलको इञ्जुरी समयमा लुक डि जङको गोलसँगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसँगै बार्सिलोनाले स्पान्योलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाढेको हो ।
खेलमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इञ्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे ।
खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे ।
सर्जी डारडरले ४० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । राहुल थोमसले ६४ औँ मिनेटमा गोल गर्दा घरेलु टोली २–१ ले अगाडि बढ्यो । तर लुकले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए ।
बराबरी रोकिएसँगै २३ खेलबाट ३९ अंकसहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंकसहित स्पान्योल १३ औं स्थानमा छ । जारी ला लिगामा ५४ अंकसहित रियल मड्रिड शीर्ष स्थानमा छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया