सोमबार, माघ ५, २०८२

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन ३ गते ९:०८

काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । यसअघि तीन दिन बैठक बसेको थियो ।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटना क्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए । ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन् । बाँकीले आजको बैठकमा धारणा राख्ने छन् ।

नेताहरुको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदै छ ।

कांग्रेसले गत १४ माघमा केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो । सभापतिसहित १३ पदाधिकारी स्वतः कार्य सम्पादन समितिमा रहन्छन् ।

प्रतिक्रिया