सोमबार, माघ ५, २०८२

कांग्रेस संसदीय दलको बैठक सुरु

मेरोन्यूज २०७८ फागुन ३ गते १०:०४
फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोगको प्रस्तावबारे समीक्षा र आगामी रणनीतिमा छलफल हुने भएको हो । यसका साथै बैठकमा पछिल्ला राजनीतिक घटनाबारे छलफल हुने दलकी सचेतक पुष्पा भुषालले बताइन् ।

गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया