‘खेलाडीको स्वास्थ्यमा एन्फा संवेदनशील’

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आवद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ संवेदनशील रहेको बताएको छ ।
मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर फ्रेन्ड्स क्लबका स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्ययमा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आवद्ध खेलाडीको विषयमा सधै संवेदनशिल भएको बताएको हो ।
राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ अवस्थाको जानकारी समेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयलाई स्पष्ट पारेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग सञ्चालनका लागि फिफाले तोकेका आवश्यक पूर्वाधार पूरा गरेर लिग चलाईरहेको बताएका हुन् ।
मनिष डाँगी मैदान चोटग्रस्त भएपछि उब्जिएका प्रश्नमा एन्फाको मेडिकल टोलीले स्पष्टीकरण दियो । एन्फाकी मेडिकल टोली सदस्य डा. नविना वैद्य श्रेष्ठले मनिष डाँगीको घटना र घटनापछि मैदानमा अपनाइएको उपचार क्रमलाई पत्रकार सम्मेलनमा बताएकी हुन् ।
नविनाका अनुसार डाँगीमा कुनै स्वास्थ समस्या नभएको र एससीएटी–५ पछि मैदान फर्किने समय तोकिने बताइन् ।
सोही घटना क्रममा मैदानमा डाक्टर उपलब्ध नभएको विषयमा महासचिव तुलाधरले डाक्टरको सम्झौता गरेको इशारासँग स्पष्टीकरणका लागि पत्राचार गरेको समेत बताए ।
यस्तै, महासचिव तुलाधरले एन्फाको मेडिकल टिमका सबैले फिफा र एएफसीको कोर्ष गरिसकेको समेत बताए । यस्तै घाइते भएका मनिष मंगलबारै अस्पतालबाट डिस्चार्ज भएको एन्फाको मेडिकल टोली जानकारी दियो ।
दुई साताको आराम र एससीएटी–५ को परिक्षण पछि मात्र मैदान फर्किने निधो हुने विषयमा जानकारी दिने एन्फाले जनाएको छ ।













कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया