ए डिभिजन लिगमा तीन खेल, साविक विजेता र नवप्रवेशी क्लब भिड्दै

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।
दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ ।
शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ ।
सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लबलाई हिमालयन शेर्पा क्लबले चुनौती दिनेछ । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ ।
दिनको तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन् । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया