नेप्से परिसूचक १९.८४ अंकले गिरावट

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।
आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ ।
बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह र निर्जिवन बिमा उपमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ ।
जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । जसमा अन्य उपसमूह ०.४४ र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।
बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै, ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ । तर, एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

















हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया