सलमान खानसहित बलिउड कलाकार नेपाल आउँदै

काठमाडौँ । आगामी वैशाख ३ गते काठमाडौंमा हुने सांगितिक कार्यक्रममा भाग लिन सलमान खानसहित बलिउड कलाकारहरु नेपाल आउने भएका छन् ।
लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौं ल्याउन लागेको हो । बलिउड कलाकारहरुलाई ४ करोड बढी पारिश्रमिक दिएर ओडिसीले नेपाल ल्याउन लागेको हो ।
दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा लगायत नेपाल आउनेछन् ।
ओडीसी इन्टरटेनमेन्टले १० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई सांगितिक कार्यक्रममा भाग लिन काठमाडौं ल्याएको थियो ।
यसअघि ०७४ फागुन २६ गते सलमान काठमाडौंको टुँडीखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया