इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँट

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले काठमाडौँमा आज शेयर बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ३१ हजार २५८ ले दुई करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये दुई हजार ५५२ को आवेदन रद्द भएको र बाँकी २३ लाख २८ हजार ७०६ योग्य आवेदकमध्ये ५१ हजार ६७० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । यसरी वितरण गरेर बाँकी रहेको आठ कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने आठ जनालाई एकएक कित्ताका दरले बाँडफाँड गरिएको छ ।
कम्पनीले गत माघ २६ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार मूल्य बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आइपिओको बिक्री खुला गरेको थियो । जसको पाँच प्रतिशतअर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशतअर्थात् ११ हजार ११२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि आवेदन दिन सर्वसाधारणलाई आह्वान गरेको थियो ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया