सार्क माछाले खायो पौडी बाजलाई

काठमडाौँ । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्क माछाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलोपटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो ।
मालबार नजिक लिटल बेमा बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो । न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् ।
स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार दिउसो साढे ४ बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौँ मानिसहरु पौडी खेलिरहेका थिए ।
त्यस्तै, केही मानिसहरुले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एक जना साक्षीको भनाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । ‘हामीले चिच्याहट सुन्यौँ र फर्कियौँ । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने ।
त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने—पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।’
घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया