शनिबार, पुष १२, २०८२

पूर्व विद्यार्थीले गरे पाँच लाखको सामग्री सहयोग

मेरोन्यूज २०७८ फागुन ७ गते ८:२९

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगस्थित महादेव माविमा पूर्व विद्यार्थीमार्फत शैक्षिक, सूचना प्रविधिका सामग्री सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पूर्व विद्यार्थी पूर्णबहादुर गर्बुजाले रोटरी क्लब जापानको समन्वय र सहकार्यमा पाँच लाख मूल्य बराबरका सूचना प्रविधिका सामग्री उपलब्ध गराएका छन् ।

एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसीटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटरलगायतका सामग्री उपलब्ध गराएको प्रअ दुतबहादुर गर्बुजाले बताए । त्यसैगरी विसं २०६६ को एलएलसी परीक्षामा महादेव माविबाट सहभागी भएका पाँच विद्यार्थीले एकदेखि कक्षा १० सम्मका ११५ विद्यर्थीलाई एक–एक जोर जुत्ता, मोजा सहयोग गरेका थिए ।

बेगमै व्यवसाय गरेर बसेका रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अष्टे«लियाका भूपी गर्बुजा, दीपक फगामी (पोर्चुगल) र धनबहादुर तिलिजा (अमेरिका)ले शुक्रबार सहयोग गरेको प्रअ गर्बुजाले बताए ।

प्रतिक्रिया