शुक्रबार, जेठ ९, २०८२

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

मेरोन्यूज २०७८ फागुन ७ गते १३:३६

रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा शक्तिशाली विस्फोट भएको स्पुतनिकले जनाएको छ।
विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामा” मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासू ले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।
स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।
(

प्रतिक्रिया