सोमबार, जेठ ५, २०८२

विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपालको सानदार जित

फिलिपिन्स १३६ रनले पराजित

मेरोन्यूज २०७८ फागुन ७ गते १५:०९

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतिमा २ सय १८ रन जोडेको थियो ।

नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङले विशाल स्कोर खडा गरेको नेपालले फिलिपिन्सलाई सस्तैमा समेट्न सफल भएको हो ।
दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले १३ चौका र १ छक्काको मद्दतमा नटआउट ६१ बलमा १०४ रन बनाए ।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया