बुधबार, वैशाख ३१, २०८२

एफएससिएनले सम्पन्न गर्यो सामाजिक लेखाजोखा

मेरोन्यूज २०७८ फागुन ८ गते १६:१३

काठमाडौं । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपाल (एफएससिएन) ले (सोसियल अडिट) सामाजिक लेखाजोखा सम्पन्न गरेको छ ।
शनिबार एफएससिएनले संस्थाका अध्यक्ष सरोज केसीले एफएसिएनले पारदर्शी रूपमा कामहरू गरेको बताउँदै सामाजिक लेखाजोखाले जनविश्वास बढाउन मद्दत गर्ने बताए ।

सरकारले नै आर्थिक वर्षको अन्त्यमा सोसियल अडिल गर्नुपर्ने जनाएको छ । एफएससिएनले लामो समयदेखि विभिन्न संस्थाहरुसँग सहकार्य गरेर विपद व्यवस्थामा काम गदै आएको छ ।

आगलागिबाट जोगिनका लागि आवश्यक तयारीबारे पनि काम गरेको संस्थाका कार्यक्रम संयोजक अभिषेक ओझाले बताए ।

संस्थाले ललितपुरका विभिन्न वडामा कोभिडका बेलामा राहत देखि मास्क ,स्यानिटाइजर वितरण र जनचेतनामूलक काम गरेको थियो ।

प्रतिक्रिया