एमसीसी विरुद्ध नयाँ दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली । भारतको राष्ट्रीय राजधानी नयाँ दिल्लीमा नेपालमा एमसीसी प्रस्ताव लागू गर्न लागिएकोमा बिरोध प्रदर्शन भएको छ ।
अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
बिरोध उक्त समूहमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा एकता मंच केन्द्रीय नेता मानु श्रेष्ठ, जीवन शर्मा, नारायण बिक, हुमाकान्त कुँवर, अर्जुन दयाल, कमला थापा, कमला थापा, बेलबहादुर पुन, कमला पाण्डे, राज्य नेता शंकर शर्मा , अटल परियार, रिता लिम्बु लगायत नेता उपस्थित थिए।
युवा नेता आरबी खड्काले कार्य्रकममा बोल्दै अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भएको टिप्पणी गरे ।
विपन्न मुलुकहरुलाई आर्थिक सहयोग गर्नुका पछाडि महाशक्ति मुलुकहरुका आआफ्ना स्वार्थ हुने भन्दै उनले एमसीसीबारे पनि त्यही कुरा लागू हुने उल्लेख गरे ।
‘ठूला महाशक्ति मुलुकहरुले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्न विभिन्न मुलुकलाई आर्थिक सहयोग गर्दछन् । जनताको विरोध सही भएको पुष्टि भएको छ, एमसीसीको हकमा पनि उठिरहेका विरोधी आवाजहरु जायज छन् भन्नका लागि अनेकौं आधार छन् ।’– खड्काले भने ।
प्रदर्शनकारीले देश बेच्न पाईंदैन एमसीसी चाहिँदैन, भूमि बेच्न पाईंदैन, नो एमसीसी लगायत नाराबाजी गरेका थिए ।















NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया