महालक्ष्मी विकास बैंकको साधारणसभा फागुन १३ गते हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा यहि फागुन १३ गते हुने भएको छ ।
बंैककोे फागुन ५ गते बसेको सञ्चालक समितिको ५१६ औं बैठकले यहि फागुन १३ गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा गर्ने निर्णय गरेको बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।
गत पुस २५ गतेका लागि तोकिएको साधारणसभा गणपूरक संख्या नपुगी स्थगित भएको थियो । पुनः माघ ३ गतेका लागि तय गरिएको साधारणसभा भने उच्च अदालत पाटनको पुस २३ गतेको अल्पकालिन अन्तरिम आदेशको टुंगो नलागेसम्म नगर्नु नगराउनु भनी आएका आदेशका कारण स्थगित गरिएको थियो ।
अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतवाट आदेश भएकाले फागुन १३ गते साधारणसभा गर्न लागिएको बैंकले जनाएको छ ।
वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु पेश गरिने प्रवक्ता लम्सालले बताए।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया