नेपाल बैंकका कर्मचारीलाई बि.एण्ड बि हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई काठमाडौँको बि.एण्ड बि. अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुटलगायतको छुट हुने भएको हो ।
बि.एण्ड बि. अस्पताल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रा.डा.अशोक कुमार बाँस्कोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा अस्पतालका बाँस्कोटाले नेपाल बैंकका कर्मचारी एवं ग्राहकलाई न्यूनतम शुल्कमा उच्चस्तरिय सेवा दिन पाउँदा खुसी लागेको बताए ।
त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया