शुक्रबार, चैत २७, २०८२

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

मेरोन्यूज २०७८ फागुन ११ गते १४:५७


११ फागुन (रासस÷सिन्ह्वा) ः चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस क्रममा उहाँहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो धारणा राखिएको बताइएको छ ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको अमेरिकाले त्यसको व्यापक विरोध गरेको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् ।रुसले त्यहाँबाट आफ्नो सेना कम गरेको बताए पनि अझै पनि त्यहाँ करिब एक लाखको संख्यामा रुसी सेना रहेको अमेरिकाले बताउँदै आएको छ ।

पश्चिमा देशहरुले रुसले युक्रेनमा हमलाको तयारी गरेको भन्दै रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् ।

प्रतिक्रिया